नेपालसँग आयरल्याण्ड ‘ए’७१ रनले पराजित

काठमाडौँ। आएरल्याण्ड वुल्भसविरुद्धको टी–२० सिरिज नेपालले जितेको छ। त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो टी २० मा पनि आयरल्याण्ड ‘ए’ अर्थात वुल्भसलाई ७१ रनले पराजित गरेपछि सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९८ रनको विशाल योगफल तयार पारेको थियो। जवाफमा आयरल्याण्ड १८.३ ओभरमा सवै विकेट गुमाएर १२७ रनमा रोकिन पुग्यो।

पहिला ब्याटिङ गर्दा घरेलु टोली नेपालका लािग कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुआत गरेका थिए। पहिलो विकेटका लागि ३४ रनको साझेदारी गर्दै आशिफ आउट भएका थए। आशिफले ११ बलमा १२ रनको पारि खेल्दा एक छक्का समान चौका प्रहार गरे।

त्यसपछि दोस्रो विकेटको रुपमा कुशल भुर्तेल पभेलियन फर्किए। १६ बलमा २५ रनको पारि खेलेका भुर्तेलले समान दुई दुई छक्का र चौका प्रहार गरे। तेस्रो विकेटको रुपमा अनिल साह आउट भएका थिए। अनिलले ११ बलमा १२ रन बनाएका थिए। अनिल साह आउट हुँदा नेपालले ६.५ ओभरमा ५६ रन बनाएको थियो। त्यसपछि गुलसन झा र कप्तान रोहित पौडल मिलेर नेपालको पारि अघि बढाए। १३.५ ओभरमा १२७ रन भएका बेला गुलसन चौथो विकेटको रुपमा आउट भए। गुलसनले ३२ बलमा ४६ रनको पारि खेल्दा चार छक्का र एक चौका प्रहार गरेका थिए। रोहित र कुशल मिलेर आक्रमक रुपमा अघि बढाए। रोहित २४ बलमा पाँच चौकाको मद्दतले ३३ रन बनाएका थिए।

कुशल मल्लले १३ बलमा ३४ रनको आक्रमक पारि खेले। उनले चार छक्का र एक चौका प्रहार परे। सन्दीप जोराले १० बलमा २१ रनको पारि खेल्दा विवेक यादवले नटआउट ७ रन बनाउँदा नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९८ रन बनायो। आयरल्याडका म्याथु फोस्टरले तीन तथा वेन ह्वाइटले दुई विकेट लिए।

१९९ रनको विशाल लक्ष्यसहित मैदान उत्रीएको आयरल्याण्डले सुरुआत उत्कृष्ट गरे पनि मिडिल अर्डरमा ब्याटरहरु टिक्न नसक्दा अन्ततः १८.३ ओभरमा १२७ रनमा समेटियो। आयरल्याण्डका लागि स्टेफ दानीले सर्वाधिक २६ रन बनाउँदा माृेर्गन टोपिङले २१ रन जोडे। त्यसैगरी केड काम्पेलले १८ रन बनाउँदा रस एडिर र नेइल राकले १७–१७ र नजोडेका थिए। ग्रेथ डेलेनी १५ रनमा आउट भएका थिए। नेपालका कुशल मल्ल र सोमपाल कामीले तीन तीन विकेट लिँदा करण केसी, विवेक यादव र कुशल भुर्तेलले एक एक विकेट हात पारे।

नेपालको सिनियर टिम आजै विश्वकप तयारीका लागि भारत जाने छ भने यहाँ रहेको आयरल्याण्डसँग अब नेपालको ए टिमले तीन तीन खेलको टी २० र एक दिवसीय सिरिज खेल्ने छ। ए टिमको कप्तानी भने विनोद भण्डारीले गर्ने छन्।(नेपाल न्यूज बैंक)    

प्रतिक्रिया