केएमसीको टोलीले कीर्तिपुरमा आठ सय बिरामीको निःशुल्क उपचार

काठमाडौँ। काठमाडौँ मेडिकल कलेज (केएमसी) को टोलीले कीर्तिपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो। नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको टोलीले उक्त शिविरमा ८०० बिरामीको निःशुल्क उपचार गरेको छ। 

केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार कीर्तिपुरको जनसेवा सेकेन्डरी स्कुलको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा ७६३ बिरामीको निःशुल्क उपचार गरिएको थियो। 

१११ जनाको ल्याब परीक्षण, ९६ जनाको भिडियो एक्सरे र ८७ जनाको ईसीजी गरिएको थियो। त्यस्तै २२ जनाको दाँत खोलिएको थियो भने ३४ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । 

सांसद डा. शर्माले केएमसीले सामाजिक उत्तरदायित्व सम्हालेपछि देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ।

प्रतिक्रिया