वर्षाको कारण नेपाल र हङकङबीचको पहिलो खेल रोकियो

काठमाडौँ। त्रिकोणात्मक टी–२० आई सिरिजको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रोकिएको छ।

आइतबार मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालले जारी खेलमा एक विकेट लिएको छ। नेपालका करण केसीले पहिलो बलमै हङकङका मार्टिन कोट्जेलाई गुल्शन झाको हातबाट क्याच आउट गराए।

चार ओभरको खेल सकिँदा हङकङले १ विकेट गुमाएर ४३ रन जोडेको छ। जारी खेलमा पानी परेपछि खेल रोकिएको हो।

आजबाट शुरु भएको नेपाल,पपुवा न्युगिनी र हङकङबीचको सिरिजको फाइनल मार्च १३  तारिखमा। लिग तालिकामा तेस्रो हुने टोलीले हङकङ ए सँग टि२० खेल खेल्नेछ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया