घरेलु टोली हङकङलाई व्याटिङको निम्तो

काठमाडौँ। नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।

आजबाट शुरु भएको नेपाल, पपुवा न्युगिनी र हङकङबीचको त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले घरेलु टोली हङकङलाई व्याटिङको निम्तो दिएको हो। 

मोङ कोकमा हुने खेल केही बेरमा (सवा ११ बजे) शुरु हुँनेछ। बिहीबार हङकङ पुगेको नेपाली टोलिले शनिबार सिरिज पूर्व नै हङकङसँग  फ्रेन्डसिप कप खेलेको थियो। जसमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो।

नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालका दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी सामेल छैनन्। 

नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन्।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया