पहिलो टी–२० आईमा नामिबियासँग हार्यो नेपाल

काठमाडौँ। त्रिकोणात्मक टी–२० आई श्रृंखलाको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ।

टीयू क्रिकेट मैदान २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रन मात्र बनाउन सक्यो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रनको योगदान दिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो।

लोफ्टी इटनले १०१ रन बनाए। त्यसक्रममा उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको कीर्तिमान तोडेका छन्। मल्लले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएर सबभन्दा कम बलमा १०० रनको रेकर्ड बनाएका थिए।

लोफ्टी इटनले ३३ बलमै शतक पूरा गर्ने क्रममा ११ चौका र ८ छक्का हानेका छन्। मुलान क्रुगरले ५९ रन बनाए भने माइकल भान लिंगेनले २० रन बनाए।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक÷एक विकेट लिए।(नेपाल न्यूज बैंक) 

प्रतिक्रिया