अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

काठमाडौँ। एसिसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानविरुद्धको खेल जित्न नेपालले २ सय ६२ रन बनाउनु पर्ने भएको छ।

दुबईको आईसीसी एकेडेमी ओभल–२ मा नेपालले टस जितेर फिलि्डङ रोजेपछि ब्याटिङ गरेको अफगानिस्तानले जम्सिद जाड्रनको शतकीय पारीसंगै निर्धारित ५० ओभरमा विकेट गुमाएर २ सय १४ रन बनाएको हो।

नेपालका लागि हेमन्त धामी र सुवास भण्डारी र गुलशन झाले समान २ तथा आकाश चन्द, दिपेश कडेँलले समान एक एक विकेट लिए।नेपालका लागि गुल्सन झाले पहिलो सफलता दिलाएका थिए। गुल्सनले अफगानिस्तानका वफिउल्लाह तराखिललाई १५ रनमा आउट गराएका हुन्।

हेमन्त धामीले सातौँ ओभरको दोस्रो बलमा ओपनर खालिद तनिवाललाई १० रनमा पवेलियनको बाटो देखाए। ११ बलमा १० रन बनाएका खालिद हेमन्तको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए।

हेमन्तले सोही ओभरको तेस्रो बलमा अक्रम मोहम्मजाइलाई बोल्ड आउट गरे। अक्रम गोल्डेन डगआउट भए। त्यसअघि अलराउन्डर गुल्सन झाले दोस्रो ओभरको पाँचौँ बलमा ओपनर वाफिउल्लाह ताराखिललाई १५ रनमा कप्तान देव खनालको हातबाट क्याच आउट गराए। नेपालका लागि दीपेश कँडेलले चौथो सफलता दिलाएका हुन्।

कँडेलले २८औं ओभरको अन्तिम बलमा रहिमुल्लाह जुर्मतीलाई ३५ रनमा सुवास भण्डारीको हातबाट क्याच आउट गराएका हुन्। रहिमुल्लाह र जम्सिद जद्रानले अफगानिस्तानका लागि १३४ बलमा ८४ रनको साझेदारी गरे।

अफगानिस्तानले २८ ओभर ४ बलको खेल सकिँदा ४ विकेट गुमाउँदै ११८ रन बनाएको थियो। अफगानिस्तानका लागि जम्सिद जाड्रनले शतकीय पारी खेले। १ सय ५३ बलको सामना गरेका उनले ८ चौकाको मद्दतमा १ सय ६ रन बनाएका हुन्। त्यस्तै नुमन शाहले ६० रनको अर्धशतकीय योगदान गरे। अन्य ब्याटरको प्रर्दशन सामान्य रह्यो। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया