फिफा विश्वकप छनोट: आज नेपाल यूएईसँगै प्रतिस्पर्धा गर्दै

काठमाडौं । फिफा विश्वकपको एसियाली छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो चरणमा लाओसलाई पराजित गरेको नेपालले आज छनोटको दोस्रो चरणमा यूएईसँग प्रतिष्पर्धा गर्न लागेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २–१ ले विजयी हुँदै दोस्रो चरणको यात्रा तय गरेको हो ।

यो खेल आज राति ९ बजे सुरु हुनेछ । नेपाल रहेको समूहमा यूएईका साथै बहराइन र यमन रहेका छन् । नेपालको दोस्रो खेल भने मंसिर ५ गते घरेलु मैदान दशरथ रंगशालामा हुनेछ । (नेपाल न्यूज बैंक)
 

प्रतिक्रिया