ओमानलाई नेपालले दियो १८५ रनको लक्ष्य

काठमाडौं। गुल्शन झा र कप्तान रोहीत पौडेलको अर्धशतकीय योगदानमा नेपालले टी–२० विश्वकप छनोट खेलको उपाधिका लागि १ सय ८५ ओमानलाई रनको लक्ष्य दिएको छ। 

निर्धारित २० ओभरमा ६ विकेट गुमाएर नेपालले १ सय ८४ रनको जोडेको हो। 

नेपालका लागि झाले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै शतक गरे। त्यस्तै कप्तान पौडेलले अविजित ५२ रनको योगदान दिए। त्यस्तै नेपालका लागि कुशल भुर्तेलले ३१ रन बनाए। 

ओमानका लागि विलाल खान एक्लैले ३ विकेट लिए। (नेपाल न्यूज बैंक) 

प्रतिक्रिया