नेपाल विश्वकप टि–२० मा छनोट

काठमाडौं। ओपनर आसिफ शेखको अर्धतकमा नेपाल आइसिसी टि२० विश्वकपमा छनोट भएको छ।

एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईविरुद्ध सहज जित निकाल्दै नेपाल विश्वकपमा छनोट भएको हो। जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १४ ओभरमा २ विकेट ९६ रन बनाएको छ।

ओपनर आसिफ शेखको अर्धतकमा नेपाल आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईविरुद्ध जित नजिक पुगेको छ। आसिफको अर्धशतकसँगै नेपाल विश्वकप नजिक पुगेको हो।

जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १४ ओभरमा २ विकेट ९६ रन बनाएको छ। नेपालका आसिफ शेख ४३ बलमा ६ चौका र १ छक्कासहित ५१ र कप्तान रोहित पौडेल ८ रनमा क्रिजमा छन्।

नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३ ओभरमा २६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। स्पिनर निलांश केस्वानीको बलमा ठूलो सर्ट खेलेका कुशल भुर्तेल लङअनमा मोहम्मद वासिमबाट ११ रनमा क्याच आउट भए। भुर्तेलले ८ बलमा २ चौका हानेका थिए।

दोस्रो विकेटका लागि गुलशन झा र आसिफ शेखले ४१ रनको साझेदारी गरेका थिए। बासिल हामिदले दशौं ओभरको तेस्रो बलमा गुलशनलाई २२ रनमा बोल्ड आउट गरे। गुलशनले २४ बलमा ३ चौका प्रहार गरे।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो। युएईका वृत्य अरविन्दले ५१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाएका थिए। अन्य कुनैपनि युएईका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।(नेपाल न्यूज बैंक) 

प्रतिक्रिया