विश्वकप छनोट सेमिफाइनल: युएईको नेपालसमक्ष १ सय ३५ रनको लक्ष्य

काठमाडौं। नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा युएईले नेपालसमक्ष १ सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा  विकेट गुमाउँदै १ सय ३४  रन जोडेको हो।

युएईले सुरुवाती तीन ओभरमै २९ रन बनाएको थियो। तर चौथो ओभरमा सोमपालले एक रन आउटसहित दुई विकेट लिएपछि नेपाल खेलमा फर्किएको थियो।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३ विकेट लिए। तीन ओभरमा १० रन मात्रै खर्चिएर ३ विकेट लिएका हुन्। त्यस्तै सन्दीप लामिछानेले, सर्वाधिक २ विकेट लिए उनले चार ओभरमा १४ रन मात्रै खर्चिएर एक मेडनसहित २ विकेट लिए। त्यस्तै रोहित पौडेलले एक विकेट लिए।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। घाइते दीपेन्द्रसिंह ऐरी खेल्दा सन्दीप जोरा बेन्चमा छन्। विजेता टोली २०२४ को टि२० विश्वकप खेल्न पाउनेछ।

युएईका लागि भृत्य अरविन्दले अर्धशकीय पारी खेले। कप्तान मोह्मद वासिमले २६, आशिफ खानले १३, अलिशान शाराफुले १६ रन जोडे।  (नेपाल न्यूज बैंक) 

प्रतिक्रिया