फाइनलमा नेपाल ६ रनले पराजित

काठमाडौं। टी–२० विश्वकप एसिया छनोट खेलमा ओमान नेपाललाई हराउँदै समुह ए को बिजेता बनेको छ। ओमान पाँच रनले विजयी भयो।

ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले नौ विकेटको क्षतिमा १४० रन बनायो हो।

नेपालका लागि २४ बल खेलेका बिवेक यादवले सर्वाधिक ३९ रन बनाए। १८ बलको सामना गरेका कुशल भुर्तेलले २६ रन बनाए। रोहित,पौडेल सन्दीप जोरा र सोमपाल कामीले समान १२ रन बनाए। यस्तै गुल्सन झा ३, विकेक यादव २ र कुशल मल्लले १० रनमा आउट भए।

पावर प्लेमा ओमानलाई दबाबमा राखेको नेपालले सोही नियती भोग्नुपर्यो। पाँच ओभरको खेल समाप्ति हुँदा ओमानले ४ विकेटको क्षतिमा ४३ रन मात्र बनाएको थियो। यता, ओमानले आठौं ओभरको सुरुवातमा रोहित पौडेललाई आउट गराउँदा नेपालले ५६ रन मात्रै बनाएको थियो। सुरुबाटै नेपाललाई दबाबमा राख्न सफल रह्यो।

ओमानका विलाल खानले सर्वाधिक ३ विकेट लिए। अकिब इलियास, मेहरान खान र शकील अहमदले समान २/२, विकेट  लिए। नेपालले टस जितेर ओमानलाई पहिला व्याटिङको निम्तो दिएको थियो। ओमानले नौ विकेटको क्षतिमा १४५ रन बनायो।

टीयू मैदानमा जारी खेलमा नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिगेका थिए भने सोमपाल कामी,सन्दीप लामिछानेले र करण केसीले समान २/२ विकेट लिँदा अविनास बोहोरा,गुल्सन झाले समान १/१ विकेट लिएका थिए।

ओमानका लागि क्याप्टेन जीसन मक्सुदले २६ बल खेलेर सर्वाधिक ३२ रन बनाएका थिए। नेपाललाई हराएपछि ओमान ६ अंकसहित समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो।

नेपाल भने चार अंकसहित समूह उविजेताका रुपमा सेमिफाइनलमा पुग्यो। सिंगापुर र मलेसिया भने समूहगत चरणबाटै घर फर्किने निश्चित भइसकेको छ। यी दुबै टोलीले अघिल्ला दुई खेलमै पराजय भोगेका थिए। 

सेमिफाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ। यूएई समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो।

सेमिफाइनलमा ओमानको प्रतिद्वन्द्वीको टुंगो लाग्न बाँकी छ। सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग भिडन्त गर्नेछ। अर्को सेमिफाइनल खेल समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को विजेताबिच हुनेछ।

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकपमा स्थान बनाउने छन्। टी-२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन्।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया