ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं। टी–२० विश्वकप एसिया छनोट जारी खेलमा ओमानले नेपाललाई  १४६ रनको लक्ष्य दिएको छ। पहिला व्याटिङ गरेको ओमानले नौ विकेटको क्षतिमा १४५ रन बनायो।

टस जितेर ओमानलाई व्याटिङको निम्तो दिएको नेपालले सुरुदेखि नै दबाबमा राख्न सफल भयो। टीयू मैदानमा जारी खेलमा नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए। 

सोमपाल कामी, सन्दीप लामिछानेले र करण केसीले समान २/२ विकेट लिँदा अविनास बोहोरा,गुल्सन झाले समान १/१ विकेट लिए।

ओमानका लागि क्याप्टेन जीशान मकसूदले २६ बल खेलेर सर्वाधिक ३२ रन बनाएका थिए। नेपालका लागि पहिलो विकेट करण केसीको बलमा आसिफ शेखले दिलाए। पहिलो ओभरको ५ बल बलिङ गरेका केसीले ८ रन खर्चिएर ओमानका ओपनिङ व्याट्समान कश्यप प्रजापतिलाई आउट गराए। उनी आउट हुँदा ५ बलको सामना मात्रै गरेका ओमानका प्रजापतिले दुई चौका प्रहार गरी ८ रन मात्रै बनाएका थिए। 

यस्तै नेपालका लागि दोस्रो विकेट सोमपाल कामीले लिए। दुई ओभरको समाप्तिपछि तेस्रो ओभरको सुरुमा बलिङ गरेका कामीले पहिलो बलमै अकिब इलियासलाई बोल्ड आउट गरे। ६ बलको सामना गरेका अकिबले २ रनमात्रै बनाएका थिए। जतिबेला ओमानको रन २१ मात्रै थियो।

नेपालका लागि तेस्रो विकेट गुल्सन झाको बलमा रोहित पौडेलले प्रतिक आठवलेलाई क्याच आउट गराए। १८ बल खेलका उनले २४ रन बनाएका थिए। नेपालका लागि चौथो विकेट सोमपाल कामीले दिलाए। सोयब खानलाई आउट उनले गराए। उनले पाओर प्लेमै ओमानलाई दबाबमा राख्न जारी खेलमै दुई विकेट लिए थिए। पाँच ओभरको खेल समाप्ति हुँदा ओमानले ४ विकेटको क्षतिमा ४३ रन मात्र बनाएको थियो। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया