ओमानविरुद्ध नपालले लियो चार विकेट, पाओर प्लेमै ओमान दबाबमा

 काठमाडौं। टी–२० विश्वकप एसिया छनोट जारी खेलमा नेपालले ओमानविरुद्ध चार विकेट लिएको छ। टीयूमा जारी खेलमा नेपालका सोमपाल कामीले २ विकेट लिएका छन्।

समुहचरणको बिजेताका लागि आज नेपाल र ओमानल प्रतिस्पर्धा गगरिरहेका छन्। नेपालका लागि पहिलो विकेट करण केसीको बलमा आसिफ शेखले दिलाए। पहिलो ओभरको ५ बल बलिङ गरेका केसीले ८ रन खर्चिएर ओमानका ओपनिङ व्याट्समान कश्यप प्रजापतिलाई आउट गराए। उनी आउट हुँदा ५ बलको सामना मात्रै गरेका ओमानका प्रजापतिले दुई चौका प्रहार गरेका उनले ८ रन मात्रै बनाएका थिए।

यस्तै नेपालका लागि दोस्रो विकेट सोमपाल कामीले लिए। दुई ओभरको समाप्तिपछि तेस्रो ओभरको सुरुमा बलिङ गरेका कामीले पहिलो बलमै अकिब इलियासलाई बोल्ड आउट गरे। ६ बलको सामना गरेका अकिबले २ रनमात्रै बनाएका थिए। जतिबेला ओमानको रन २१ मात्रै थियो।

नेपालका लागि तेस्रो विकेट गुल्सन झाको बलमा रोहित पौडेलले प्रतिक आठवलेलाई क्याच आउट गराए। १८ बल खेलका उनले २४ रन बनाएका थिए। नेपालका लागि चौथो विकेट सोमपाल कामीले दिलाए। उनले पाओर प्लेमै ओमानलाई दबाबमा राख्न जारी खेलमै दुई विकेट लिएका छन्।

जारी खेलको पाँच ओभर समाप्ति हुँदा ओमानले ४३ रन बनाएर खेलिरहेको छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया