नेपालसमक्ष मलेसियाको १६६ रनको चुनौति

काठमाडौं। विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको खेलमा मलेसियाले घरेलु टोली नेपाललाई १६६ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ६५ रन जोडेको हो।

मलेसायका लागि प्रारम्भिक ब्याट्सम्यान सेयद अजिज सर्वाधिक ६८ रन बनाए। अर्का ओपनर जुबाईदी जुल्कीफिलले २४ रन बनाए। 

नेपालका अविनाश बोहराले ४ तथा सन्दीप लामिछाने, करन केसी र रोहित पौडेलले समान एक एक विकेट लिए। सन्दीपले चार ओभरमा २२ रन दिए भने अविनाशले ४ ओभरमा २७ रन खर्चिए।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया