मलेसियाले नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं। आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ।

मलेसियाले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई बलिङको निम्तो दिएको हो। सिंगापुरविरुद्ध खेलेको नेपाली टिममा कुनै परिवर्तन भएको छैन।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको छ भने मलेसिया पहिलो खेलमा ओमानसँग पराजित भएको थियो।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया