सिंगापुरले दियो नेपाललाई १ सय ४६ रनको लक्ष्य

काठमाडौं। टी–२० विश्वकप फाइनल एसिया छनोटमा सिंगापुरले नेपालसामु १ सय ४६ रनको लक्ष्य दिएको छ।

समुह चरणको ए मा रहेका नेपाल र सिंगापुरबिचको पहिलो खेलमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको थियो। 
जारी खेलमा राम्रो सुरुवात गरेपनि सिंगापुरले निर्धारित समयमा १ सय ४५ रन मात्रै बनायो।

सिंगापुरको व्याटिङलाई दबाबमा राख्न नेपालका लागि अविनास बोहराले सर्वाधिक ३ विकेट लिए। सन्दीप लामिछाने, करण केसी, गुल्सन कुमार झाले समान २-२ विकेटको योगदान गरे।

सिंगापुरका लागि रोहन रंगराजनले सर्वाधिक४६ रन,आर्यवीर चौधरीले ३५ रन, मनपि्रत सिंहले २४ रनको योगदान गरे।

एसिया छनोटमा एसियाका आठ देश सहभागी खेलमा चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। १९ कार्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट विजेता दुई टोली सेमिफाइनल पुग्नेछन्। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया