प्रचण्ड र देउवा तर्सिएपछि यसरी निस्कियो ‘चिर्कटो विज्ञप्ति’

काठमाडौं। कोशी प्रदेशको मुख्यमन्त्री निर्वाचनको मुखैमा तीन नेताले एउटा चिर्कटोमा हस्तलिखित विज्ञप्ति सार्वजनिक गरेर उनीहरु गठबन्धनकै पक्षमा रहेको प्रतिवध्दता जाहेर गरेका छन्। तीन नेताको यो प्रतिवध्दता स्वाभाविक नभएर तात्कालिक लाभहानीमा केन्द्रित रहेको भनेर टिकाटिप्पणी भैरहेको छ।

‘चिर्कटो विज्ञप्ति’ मा तीन नेताहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसका नेता डा. शेखर कोइरालाले हस्ताक्षर गरेका छन्। आज शनिबार जारी एकमात्र बूँदा रहेको त्यो विज्ञप्ति कोशीमा बिकसित नयाँ समीकरण ओझेलमा पारेर केन्द्रीय गठबन्धनमाथि आउनै लागेको संकट टार्ने आकस्मिक चालबाजी हो भनेर चर्चा गरिएको देखिन्छ। 

यति नगरेको भएदेखि कोइरालाले लिएको रणनीति क्रियाशील हुनेथियो र गठबन्धन छाँयाँमा धकेलिने निश्चित जस्तै थियो। गठबन्धनको दैलोमै प्रकट भएको यो आपत छल्न कोइरालासँग उनको उम्मेदवार केदार कार्कीका पक्षमा उभिने प्रण गर्दै हालको गठबन्धन कायम राख्ने लिखित सहमति गरिएको प्रष्ट छ। 

एमालेसँग सहकार्य अघि बढाईसकेका कोइरालाले पनि गठबन्धनको घाँटीमा अड्किएको हाड निकाल्न आफू निर्णायक हुनपुगेको परिस्थितिबाट लाभ उठाउन कसर बाँकी राखेनन्। यही वाध्यताको उपज थियो चिर्कटो विज्ञप्ति।

कोशीको बद्लिएको परिथिस्तिको सम्बन्धमा छलफलका लागि आज शनिबार बिहान बालुवाटारमा जुटेका तीन नेताले वर्तमान गठबन्धन नटुटाउने अठोट गरेका हुन्। 

चिर्कटो विज्ञप्तिमा उल्लेख छ, ‘हामी वर्तमान सक्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनैपनि हालतमा कमजोर हुन दिदैनौं।’

 
 

प्रतिक्रिया