महामन्त्रीमा महाभारत, गगनदेखि ज्ञानेन्द्रसम्म भिडदै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा भन्दा बढी रोचक भिडन्त चाहिँ महामन्त्री पदमा हुने देखिदैछ । 

हाल नेपाली कांग्रेसमा निर्वाचित महामन्त्री डा शशांक कोइराला र मनोनित महामन्त्री पूर्णबहादुर खड्का हुन् ।  कांग्रेसको संशोधित विधान अनुसार यसपालीदेखि दुइजना महामंत्री निर्वाचनबाटै चुनीएर आउनुपर्नेछ । 

महामंत्रीमा खडा हुने घोषणा सबैभन्दा पहिले युवा नेता गगन थापाले गरेका थिए । देउवाइतर समूहबाट महामन्त्रीमा गगनको शसक्त दावेदारी देखिन्छ । गगनको घोषणालगत्तै अझ एक दिन पनि नबित्दै अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीमै उठने उदघोष गरे । गगनलाई ठाडै चुनौति दिएर महामन्त्रीको दाबी गरेका प्रदीपले अन्तमा सहमहामन्त्रीमा सेटिङ मिलाउने दाउपेच खेलीरहेको युवा कांग्रेस पँक्तिमा चर्चामा छ । 

पूर्वबाट ज्ञानेन्द्र, पश्चिमबाट बालकृष्ण

Balkrishna-Khad-and-Ganen-1626180044

प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट पनि महामन्त्रीका लागि एक से एक अनुहारको दाबी छ । गृहमन्त्री बालकृष्ण खाँडले महामन्त्रीमा उठने मात्र हैन, जित्ने तयारी गरिसकेको उनी निकटका कार्यकर्ताको दाबी छ । देउवाको विशेष आशिर्वाद आफुप्रति रहने भन्दै खाँडले होहल्ला पनि मच्चाइरहेका देखिन्छन् । 

देउवा प्यानलबाट खाँड मात्र दाबेदार भएका भए कुरै अर्कै हुन्थ्यो, तर उनकै हाराहारीका र विद्यार्थी राजनीतिदेखि नै उदाएका अन्य नेताहरुले पनि महामन्त्रीमा दावी गरेपछि चाहिँ खाँडको विजयमार्गमा खाल्डै खाल्डा देखिन्छन् । महामंत्री पदका शसक्त दावेदारमा सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको नाम पनि देउवा वृत्तमा निकै चर्चामा छ ।

विद्यार्थी कालदेखि कांग्रेसको राजनीतिमा भिजेका, बौद्धिक, शक्रिय, देशदेखि विदेशसम्म सन्तुलन मिलाउनसक्ने र अरुभन्दा वरिष्ठ मानिने नतो कार्कीलाई महामन्त्री बनाउन भित्री रुपमा प्रधानमन्त्री देउवा पनि इच्छुक देखिन्छन् । खासगरी आफुइतरका आक्रामक युवा नेताहरुलाई ‘साइजमा ल्याउन’ पनि ज्ञानेन्द्रबहादुर कार्कीलाई महामन्त्री बनाउन देउवा इच्छुक रहेको बताइन्छ । । 

देउवा खेमाबाट महामन्त्रीको दौडमा प्रकाशशरण महत, बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, एनपी साउद, विश्वप्रकाश शर्मा छन् । यीमध्ये दुइजनालाई मात्र महामन्त्री जिताउन पाइने भएकाले अन्तमा देउवाले बालकृष्ण खाँड र ज्ञानेन्द्र कार्कीको पक्षमा लविङ गर्ने संभावना देखिन्छ । किनकी, महामन्त्रीमा भौगोलिक सन्तुलन पनि मिलाउनुपर्ने हून्छ । पश्चिमबाट खाँड र पूर्वबाट कार्की । 

महामन्त्रीका अर्का दावेदार चन्द्र भण्डारीको हालत चाहिँ त्यति बलियो देखिदैन । महामन्त्री हुन योग्य उम्मेदवार भए पनि भण्डारीलाई कांग्रेसको कुनै पनि गुटले पत्याइरहेको छैन । कुनैबेला दिवंगत सभापति शुसील कोइराला निकट थिए । अचेल उनको केही हदसम्म निकटता सभापतिका उम्मेदवार विमलेन्द्र नीधिसँग छ ।

इतरबाट गगन र मिनेन्द्र

pasted image 0

महामन्त्रीकै शसक्त दावेदार मिनेन्द्र रिजाल पनि हुन् । देउवाइतर समूह र विशेषगरी रामचन्द्र पौडेल खेमाका उनी तगडै उम्मेदवार हुन् । तर, प्रतिश्पर्धाको समीकरण कसरी अगाडि बढछ, त्यसले नै मिनेन्द्रको भविश्य निर्धारण गर्छ । देउवा इतरसमूहबाट सभापतिमा सहमति हुन सकेमा महामन्त्रीका लागि गगन थापा र मिनेन्द्र रिजालमा सहमति हुनसक्ने प्रवल संभावना छ । डा. शेखरका तर्फबाट गगन र पौडेलका तर्फबाट मिनेन्द्रको नाममा सहमति पक्का छ । तर, देउवा इतरविच सभापतिमा प्रकाशमान र डा. शेखर कोइराला भिडेको खण्डमा चाहिँ यसको असर महामन्त्रीमा पनि पर्नेछ । 

महामन्त्रीका अनेक दावेदार 

महामन्त्रीका दावेदार अमरेस सिंह महाधिवेशन प्रतिनिधिमै हारेका छन् । नेता विमलेन्द्र निधिले महामन्त्री बनाउन चाहने अजय द्विवेदीको पनि मधेशतिर चर्चा छ । मधेशी समुदायबाट उमाकान्त चौधरीको दावेदारी पनि कम चर्चामा छैन । उता, सरिता प्रशाईको चर्चा महिला वृत्तमा चलीरहेकै छ । 

जे होस्, अहिले महामन्त्रीमा जतिसुकै नाम चर्चामा आए पनि निर्वाचित हुने दुइजनामा गगन थापा, विश्वप्रकाश शर्मा, बालकृष्ण खाँड, मिनेन्द्र रिजाल, प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्कीबिच तिब्र प्रतिश्पर्धा हुनेछ । महाधिवेशन प्रतिनिधिले सन्तुलन मिलाएको खण्डमा गगन थापा र ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्रीमा जित्नसक्ने आंकलन छ । 

प्रतिक्रिया