हरिबंशको अनुभवः ‘समय चिन्न सक्नुपर्छ, कामसँगै दाम पछि लागेर आउँछ’

काठमाडौं । बरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र क्षेत्रको विकासलाई देख्दा काम सँगसँगै दाम पनि पछि लागेर आउन सक्ने रहेछ भन्ने लागेको बताएका छन् । 

Photo

शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा आईएनआई सिनेमा हलको उद्घाटन कार्यक्रममा बोल्दै उनले चलचित्र निर्माण गर्नु भनेको तपस्वीले तपस्या गरेको जस्तै भएको बताए । 

‘अहिले चलचित्र क्षेत्रको विकासलाई देख्दा काम सँगसँगै दाम पनि पछि लागेर आउन सक्ने रहेछ भन्ने लाग्छ । समयलाई चिन्न सक्नुपर्ने रहेछ । चलचित्र निर्माण गर्नु भनेको तपस्वीले तपस्या गरेको जस्तै हो । कहिलेकाहीँ कथा पटकथा सजिलै फुर्छ तर

Photo (8)

कहिलेकाहीँ जति प्रयास गरे पनि केही गर्न सकिँदैन ।’

उनले नेपाली चलचित्र क्षेत्र सानो पाइलाबाट अगाडि बढेको उल्लेख गर्दै त्यसबेला कलाकारहरुलाई पैसा दिने चलनै नभएको   बताए । 

त्यो बेला सौखले र नाम कमाउन पाए हुन्थ्यो भन्ने सोचले काम गरिने गरेको आचार्यले बताए । (नेपाल न्यूज बैंक)
 

प्रतिक्रिया