वर्षाका कारण स्थगित भारत र पाकिस्तानबीचको खेल आज हुने

काठमाडौं। वर्षाका कारण स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ।

हिजो वर्षाको कारण खेल रोकिएको थियो। कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो।

आज भारतले सोही अवस्थाबाट खेल सुरु गर्नेछ। वर्षा वाधक भएपछि भारत र पाकिस्तानबीचको खेल 'रिजर्भ डे' मा राखिएको थियो।

त्यसैले खेल हिजो जहाँ रोकिएको थियो त्यहिँबाट सुरु हुनेछ। आज पनि खेल हुन सकेन भने खेल रद्द भइ दुबै टोलीले एक–एक अंक बाँड्ने छन्।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया