क्यान्सर विरुद्घ एक प्रभावकारी कदम

काठमाडौँ : क्यान्सर विरुद्घ एक प्रभावकारी कदम नागर्जुन नगरपालिका का७मा०८ौ (भाद्र ढ, शनिबार)  वन पर्पोज (एकै उद्देश्य) संस्थाद्वारा नागर्जुन नगरपालिका स्थित सामुदायिक विद्यालय श्री जनउद्घार मा. वि. मा विपन्न समुदायका महिलाहरु, विद्यालयका अभिभावक तथा शिक्षिकाहरुलाई गरी करिब सय  जनालाई पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको जनचेतनामुलक कार्यक्रम तथा सो सम्बन्धित निशुल्क परिक्षण  गरेको छ ।

 वन पर्पोजको आयोजनामा सह आयोजक ऋचा बजिमय स्मृती फाउन्डेसन  तथा सहयोगी संस्था नेसनल हस्पिटल एण्ड रिसर्च सेन्टरद्वारा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा ऋचा बजिमय स्मृती फाउन्डेसनका अध्यक्ष श्री दिपक श्रेष्ठले क्यान्सरलाई समयमै पहिचान गरी उपचार गरेमा सजिलै रोगलाई निको पारी जीवन बचाँउन सकिने भन्दै सहयोग गर्ने सबैलाई प्रमाणपत्र वितरण  गरेका थिए ।

आयोजक वन पर्पोजका अध्यक्ष श्री अनु महर्जनले हरेक परिवारको महिला सदस्यलाई स्वाथ्य सम्बन्धि जानकारी समय-समयमा  दिइरहने गरेमा जस्तोसुकै प्राण घातक रोगबाट पनि बच्न सकिनेजानकारी गराउनुभयो । साथै, भविष्यमा पनि स्वास्थ सम्बन्धित यस्तै धेरै जनचेतनामुलक कार्यक्रम गर्ने प्रतिवद्दता समेत जनाइएको थियो ।

प्रतिक्रिया