मुख गन्हाउँछ ? पुदिना छँदैछ नि

काठमाडौं। तपाईंको मुख गन्हाउँछ? गिजाबाट रगत आउँछ? यही समस्याका कारण साथीहरुसँग खुलेर बोल्न पनि सक्नु भएको छैन? चिन्ता नगर्नोस्, त्यसो हो भने पुदिनाको नियमित प्रयोगले तपाईंलाई सहयोग पुग्नसक्छ।  

के छन् पुदिनाका फाइदा?

डाक्टर सरिता बजगाईं भन्छिन्- 

१. मुख गन्हाउने समस्या भएकाहरूले पुदिनाको सुख्खा पात पिसेर मञ्जन गरे जसरी दाँतमा घोटेमा यसले मुखबाट आउने दुर्गन्ध कम हुन्छ। यसो गर्नाले गिजा बलियो बनाउँछ र रगत आउने समस्यालाई पनि कम गर्छ। 

२. यदि शरीरमा दाद वा छालामा फुस्रोपना आएमा वा दाद आएमा पुदिनाको पातलाई दिनमा चार पटक लगाएमा समस्या समाधान हुन्छ।

३. पुदिनाको पातसँगै ३ थोपा जति कागतीको रस मिलाएर मुहारमा लगाएर पाँच मिनेटपछि यसलाई सफा गर्नाले छालामा हुने एलर्जीको समस्या समाधानमा सहयोग पुग्ने छ।

४.पुदिनाको रसको प्रयोग रुघाखोकीबाट आराम मिल्छ ।

५. ज्वरो आएका बेला पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुने र अपच भएर पेट दुखेको छ भने पनि पुदिना, अदुवा र बिरे नूनको धूलो मिलाएर खादाँ फाइदा पुग्छ। 

६. पुदिनामा प्रचुर मात्रामा भिटामिन सी हुने भएकाले यसको प्रयोगबाट थकाईमा आराम मिल्छ र मानिस फ्रेस हुन्छ। 

७. पेट दुखेको बेलामा अदुवाको रससँग पुदिनाको पात पिसेर खाएमा दुखाइ कम हुन्छ।

८. पुदिनाको नियमित प्रयोगले पाचन प्रणालीलाई सहज बनाउन सहयोग पुग्नेछ। 

९. पुदिनाको प्रयोगले मिन्सुरेन्सको समयमा पेट दुख्नेसहितको समस्या समाधानमा सहयोगी बन्ने छ।  (स्रोत- नेपाल न्यूज बैंक)
 

प्रतिक्रिया