नेपाली कांग्रेस बैठक

सभापतिको मौखिक आदेशमा ८७ माथि कार्बाही, ३५ मुक्त

काठमाडौं। नेपाली कांग्रेसको अनुशासन समितिले विगतका तीन तहका निर्वाचन सहितमा पार्टी र पार्टी गठबन्धनको निर्णय विपरीत सक्रिय भएको अभियोग लागेका ८७ नेता कार्यकर्तालाई कारबाही गर्ने र ३५ को भने कारबाही फुकुवा गर्ने भनी गरेको प्रस्तावलाई सभापति शेरबहादुर देउवाको मौखिक आदेशमा औपचारिकता प्रदान गरेको छ।

मङ्गलवार सुरु भएको काँग्रेस केन्द्रीय कार्य समितिको बैठकमा समितिका संयोजक आनन्द ढुंगानाले उक्त प्रस्ताव गरेका थिए।

संयोजक ढुंगानाले सभापति देउवाको मौखिक आदेशको आधारमा कारबाही फुकुवा गरेको जानकारी बैठकलाई दिएका थिए। ‘सभापतिको मौखिक आदेशको आधारमा कारबाही फुकुवा गरेको छु’, उनले भने। संयोजक ढुंगानाले ३५ जनाको नामावली पढेर सुनाएन्।

‘३५ जनालाई हामीले कारबाही फुकुवा गरेका छौँ। जो जोले चुनाव जित्नुभएछ र गल्ती स्वीकार गर्दै पार्टीमै बसेर काम गर्न इच्छा व्यक्त गर्दै निवेदन दिनु भएको छ उहाँहरूको कारबाही फुकुवा गरेका छौँ’, उनले भने।

संयोजक ढुंगानाले महोत्तरीका मेयर, उपमेयर र चन्दननाथ नपाका मेयरलगायतको कारबाही फुकुवा गरेको जानकारी दिए।

ढुंगानाका अनुसार चितवनमा कारबाहीमा परेका दिनेश कोइराला, कृष्ण सापकोटा, भीमबहादुर श्रेष्ठ, शम्भुप्रसाद अर्याल, मिना खरेल र आनन्द राउतको कारबाही फुकुवा गरिएको छ। बारा, चितवन र तनहुँका नेताहरूको कारबाही फिर्ता गरिएको छ।

संयोजक ढुंगानाले सदस्यता समेत नरहने गरी ८७ जनालाई कारबाही गरेको जानकारी पनि दिए। कारबाही गरिएका व्यक्तिहरूको सूचि लामो भएकाले पढ्न नसकिने बताए।

उनले कारबाही गरिएका र फुकुवा गरिएकालाई पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेपछि मात्र यो निर्णय लागु हुने गरी पत्र दिएका जानकारी दिएका थिए। यस विषयमा बैठकमा उपस्थित सदस्यहरूले प्रश्न उठाएपछि संयोजक ढुंगानाले यस्तो जवाफ दिएका हुन।

यसवीचमा ४६ जिल्लाबाट १२१ वटा उजुरी परेको र ती सबैको छानबिन गर्न नसकेको ढुंगानाको भनाई थियो।

‘अनुशासन समिति पूर्ण भइसकेको छैन। संयोजक पदमा मात्र मनोनयन गरियो। अन्य सदस्यको मनोनयन बाँकी नै रह्यो। ४ जना सदस्य थप्नु पर्ने व्यवस्था विधानमा छ।  

प्रतिक्रिया