'ललिता निवास प्रकरणको छानविनले शाही आयोगको पतन सम्झायो'

काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको अति सक्रियताले शाही आयोग पतन भएको सम्झना गराईरहेको एक पूर्व सचिवले टिप्पणी गरेका छन्। 

पूर्व गृह सचिव तथा लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले ललिता निवास प्रकरणको छानविन पूर्वाग्रहबाट चोखो रहन नसकेको बताएका छन्। यसैगरी छानविन गर्दा तत्कालिन शाही सरकारले बनाएको शाही आयोगको पतन भएको उनको भनाई छ।

मैनालीले आज आफ्नो फेसबूक पेजमा लेखेका छन्– ‘शाही आयोगले प्रतिसोध लिने गरी काम गर्न खोज्दा आयोग नै खारेज भएकोवाट शिक्षा लिनु राम्रो हुन्छ। यस्तो नहोस् कि असल नियतले शुरु गरिएको अभियान उत्ताउलो कामले तुहियोस्।’

पूर्व सचिव मैनाली लेख्छन्– ‘अहिले ललिता निवास प्रकरणमा देखिएको प्रहरीको अति सक्रियताले निम्न प्रश्नहरु जन्माएको छः

–यसले क्रमशः राजनीतिक नेतृत्वको प्रियतावादी सोच र स्टन्टवाजी देखिन थालेको छ, जसले गर्दा केश नै कमजोर भई वास्तविक अपराधी उम्किने खÞतरा बढ्दैछ। शुरु टिप्पणी उठाउनेदेखि निर्णयमा खÞास भूमिका हुन नसक्नेलाई गिरफ्तार गर्नु र आमन्त्रितको रुपमा क्याविनेटका समितिमा भाग लिनेहरुलाई समेत भ्रष्टको सूचीमा राखेर वदनाम गराउन खोजिंदैछ,

–नागरिक प्रशासनको मनोबल खस्किँदै गएको देखिन्छ र त्यसै पनि ढिलासुस्तीको रोगले ग्रस्त प्रशासनमा अव कलम नै नचोप्ने, जोखिम पन्छाउने प्रवृत्ति बढ्ने निश्चित छ,

–जिम्मेवारी र उत्तरदायित्व उसलाई दिइएको अधिकार भन्दा बढी हुन सक्दैन। यसलाई Principle of coherence in assigned power, duties and accountability  भनिन्छ। काम देखाउने नाममा निर्दोष फसाइयो भने ‘हजार अपराधी छुटुन् एउटा निर्दोष नपरोस्’ भन्ने न्यायको सिध्दान्त आकर्षित हुन सक्दछ,

–निर्णय गर्ने राजनीतिक नेतृत्व, दोषजति कर्मचारीमा पन्छाउने गर्दछन्। 'Harold Laski को ÚLightening Rod theoryÚ' अनुसार दोष पन्छाए पनि जनताको नजरमा उनीहरु नै दोषी मानिन्छन्,

–निर्णय गर्ने तहका पदाधिकारीहरुप्रति नरम र अन्य सहयोगीप्रति कठोर हुनुले कानूनको शासनको मर्मको उपहास हुँदैछ।

यस काण्डका वास्तविक निर्णयकर्ता र नेपथ्यका खेलाडीहरुप्रति कठोर रुपमा प्रस्तुत हुनु र अन्यलाई अनुसन्धानमा सहयोग पुग्ने गरी सूचना जानकारीसम्म लिन सके अनुसन्धान परिपक्व हुन्छ। शाही आयोगले प्रतिशोध लिने गरी काम गर्न खोज्दा आयोग नै खारेज भएकोबाट शिक्षा लिनु राम्रो हुन्छ। यस्तो नहोस् कि असल नियतले शुरु गरिएको अभियान उत्ताउलो कामले तुहियोस्।’

UM
 

प्रतिक्रिया