वरिष्ठ मुटु रोग विशेषज्ञ अरुण सायमी अब केएमसीमा

काठमाडौं। वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा अरुण सायमी काठमाडौं मेडिकल कलेजमा आबद्ध भएका छन्। डा सायमीले साउन १ गतेदेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसीमा सेवा दिने अस्पताल प्रशासनले जनाएको छ।

शहीद गंगालाल ह्रदय केन्द्रका संस्थापक अध्यक्ष डा. सायमीले केएमसीको कार्डियोलोजी विभागमा प्रोफेसरको रुपमा सेवा दिने महाप्रवन्धक नारायण दाहालले जानकारी दिए।

विगत चार दशकदेखि एमविविएस, एमडी, डिएम कार्डियोलोजीका विद्यार्थीलाई अध्यापन गराउँदै आएका डा. सायमीले लामो समय प्रधानमन्त्रीको निजी चिकित्सक  रहेर काम गरेको अनुभव हासिल गरेका छन्।

भारतको जलपापुर मेडिकल कलेजबाट एमविविएस गरी इन्टिच्युट अफ कार्डियोभास्कुलर डिजिज, बंगलादेशबाट एमडी गरेका डा. सायमीले स्वास्थ्य अनुसन्धान सम्बन्धी करिब एक दर्जन खोज अनुसन्धान प्रकाशन गरेका छन्।

मनमोहन कार्डियोथेराटिक्स भास्कुलर एण्ड ट्रान्सप्लान्स सेन्टरका संस्थापक बोर्ड अध्यक्षसमेत रहिसकेका डा. सायमीसँग चिकित्सा शाष्त्र अध्ययन संस्थानको डीन, कार्डिक सोसाइटी अफ नेपालको अध्यक्ष, सार्क कार्डिक सोसाइटीको महासचिव, एसियन प्यासिफिक सोसाइटी अफ कार्डियोलोजीको उपाध्यक्ष भएर काम गरेको अनुभव छ।

राजनीतिसँगै समाज सेवामा समेत सक्रिय डा. सुनिलकुमार शर्माले केएमसीको नेतृत्व संहाले पछि त्यहाँको स्वास्थ्य सेवालाई थप व्यवस्थित बनाइएको छ। प्रतिनिधि सभा सदस्यको जिम्मेवारीमा रहँदा समेत शर्माले केएमसीलाई स्वास्थ्य सेवा क्षेत्रकै उदाहरणीय संस्था बनाउने गरी व्यवस्थापनको गुणस्तरमा सुधार गराईरहेको बुझिएको छ।  

 
 

प्रतिक्रिया