पायलट बाबा आश्रममा गुरुपूर्णिमा भव्यतापूर्वक मनाईंदै

हरिद्वार, भारत। यस पटक असार १८ मा मनाइने हिन्दूहरुको महान धार्मिक आध्यात्मिक पर्व हरिद्वारस्थित पायलट बाबा आश्रममा  भव्य रूपले मनाईँदै छ।

यसक्रममा  गुरुपूर्णिमा उत्सवमा सहभागी हुन आउने भक्तजनको  हरिद्वारस्थित पायलट बाबा आश्रम आउने क्रम बढ्दै गइरहेको छ।

नेपाल, भारत, रूस, यूक्रेन, जर्मन, जापान लगायत विश्वको कुनाकुनाबाट हजारौं भक्तजनको आगमन भइसकेको एवं आउने दिनमा यो संख्या हजारांैले वृद्धि हुने जानकारी आश्रममा रहेका नेपाली पत्रकार ज्ञानमित्रले गराएका छन्। उनका अनुसार नेपालबाट झन्डै २०० जना भक्तजन गुरुपूर्णिमा उत्सवमा सहभागी हुन हरिद्वार आउँदै छन्।

भोलि असार १५ गते बिहान ८ बजे देखि प्रारम्भ हुन गइरहेको श्रीगुरु दत्तात्रेय यज्ञबाट गुरुपूर्णिमा उत्सवको विधिवत् शुभारम्भ हुने छ। त्रिदिवसीय यस  यज्ञको पूर्णाहुति असार १७ गते हुने कार्यक्रम रहेको छ। असार १७ गते साँझ नै भारतका लोकप्रिय गायक एवम भारतीय जनता पार्टीका सांसद मनोज तिवारीको भजन संध्या कार्यक्रम हुनेछ।  

 

PBBभोजपुरी फिल्म इन्डस्ट्रीका सुपर स्टारद्वय  सांसद रवि किशन र सांसद दिनेशलाल यादव ‘निरहुआ’ को  कार्यक्रममा सहभागिता रहने छ। यसका अतिरिक्त बलिवुड अभिनेता गोविन्दा र अभिनेत्री मनीषा कोइरालाको पनि उपस्थिति रहने छ।

गुरुपूर्णिमा उत्सवमा विशिष्ट अतिथिका रूपमा भारतका केन्द्रीय रक्षा एवम पर्यटन राज्यमंत्री  अजय भट्ट तथा उत्तराखंड राज्यका मुख्यमंत्री पुष्कर सिंह धामीको आगमन हुने कार्यक्रम रहेको छ।

गुरुपूर्णिमा उत्सवमा सहभागी हुन आउने सबै भक्तजनका लागि खाने र बस्ने व्यवस्था गर्न आश्रम व्यवस्थापन २४ घण्टा सक्रिय रहेको आयोजकले जानकारी दिएका छन्। नेपालबाट हरिद्वार आश्रममा आउने सबै भक्तजनको बस्ने कोठा प्रबन्धनको  संयोजन पत्रकार ज्ञानमित्रले गरिरहेको थाहा भएको छ। नेपालबाट गुरुपूर्णिमा उत्सवमा सहभागी हुन जाने शिष्य तथा भक्तजनले ९५४७९६०७७३ नम्बरको मोबाइलमा सम्पर्क गर्न सक्ने ज्ञानमित्रले बताए।

उत्सव अवधिभरी तथा त्यसपछि जुलाई १५ सम्म गुरुदेव महायोगी पायलट बाबा हरिद्वार आश्रममै रहने जानकारी दिईएको छ। 

१५ जुलाईलाई महायोगी पायलट बाबाको अवतरण दिवसका रुपमा मनाईंदै आएको छ।
 

प्रतिक्रिया