अज्ञात एजेन्डा बोकेर किन आए चिनियाँ खर्बपति

काठमाडौं। चिनियाँ खर्बपति ज्याक मा विशेष चार्टर्ड विमानमार्फत मंगलबार दिउँसो काठमाडौं आइपुगेका छन्। 

विश्वभर सञ्जाल बनाएको व्यापारिक कम्पनी अलिबाबाका संस्थापक हुन् ज्याक मा। उनी आजकल जापानमा बस्छन्। 

एसियाकै धनाढ्यमा गनिने ज्याक मा को खास नाम मा यूङ् हो। उनी सेप्टेम्बर १०, १९६४ मा  झेजियांग प्रान्तको हांग्जोमा जन्मिएका हुन्।  

हङकङ बिजनेश एभिएसनको जहाज चार्टर्ड गरी काठमाडौं आइपुगेका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सात जनाको टोली मेरियट होटल पुगेका छन्। 

५ जना चिनियाँ, एक जना डेनिस र एक अमेरिकी नागरिक सहित नेपाल आएका ज्याक माको भ्रमणको उदेश्य भने अज्ञात छ।

प्रतिक्रिया