पशुपतिनाथमा राष्ट्रिय लज्जाः जलहरीको भित्रीभागमा गुप्त ढंगले ककसको नाम राखियो

काठमाडौं। पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरीको  सुनको तौल यकिन हुननसकेको बुझिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार पशुपतिनाथ मन्दिरको सुनको जलहरी जोख्नका लागि निकालेको थियो। 

Pashupatinath-jalahari-2-2-1पशुपति क्षेत्र बिकास कोषको तत्कालिन व्यवस्थापनले एकसय आठ किलोग्राम सुनले जलहरी बनाईएको दावी गरेपनि ९६ किलोग्राम ८२२ ग्राम मात्र तौल पुगेको थाहा भएको छ। बाँकी नपुग सुन कता वेपत्ता भयो भनेर अख्तियार टोलीले प्रश्न गरेपछि तत्कालिन व्यवस्थापनका पदाधिकारी र सदस्यहरुको पसिना छुटेको एक जानकार सूत्रले दृश्य टिभीसँग बताएको छ।

गुणस्तर तथा नापतौल विभाग, खानी तथा भूगर्भ विभाग, सुनचाँदी व्यवसाय महासंघका प्रतिनिधि समेतको रोहबरमा सुनको जलहरी जोखिएको थियो।

दर्शन गर्न आएका भक्तजनहरूलाई पनि मुल गेटमै रोकेर सुन जोखिएको थियो।

जलहरी १०७ किलो ९२४.७५ ग्राम सुनको जलहरी हालेको दावी गरिएकामा महालेखा परीक्षकको प्रतिवेदनमा १० किलो ९७६ ग्रामको रिङ बनाएको भनिएको पुष्टि नहुने भनेर त्रुटी औंल्याएपछि बहस सुरु भएको थियो। त्यसपछि  यो बिषयले संसदका दुवै सदनमा जोडतोडले होहल्ला भएको थियो।

जलहरीको भित्री भागमा ककसको नाम

Tamrapatra

यसअघि कहिल्यै नचलेको चलन सुरु गर्दै जलहरीको भित्रीभागमा राष्ट्रपतिदेखि निकटस्थ परिषद सदस्यको समेत नाम राखिएको परिषद सम्वध्द सूत्रले जानकारी दिएको छ। आराध्यदेव शिवको गर्भगृहमा राखिएको जलहरीको भित्रीभागमा कहिल्यै पनि कसैको नाम उल्लेख नगरिएको सूत्रको भनाई छ। तर यसपटक जलहरी राख्दा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकाल, सचिव यादव कोइराला, कोषका सदस्य सचिव प्रदीप ढकाल र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम सहित केही परिषद सदस्यहरुको समेत नाम कुँदिएको थाहा भएको छ।

तत्कालिन प्रधानमन्त्री ओली मूलकर्ता भै राखिएको जलहरी तत्कालिन राष्ट्रपति भण्डारीले सभक्ति अर्पण गरिएको विवरण त्यहाँ राखिएको ताम्रपत्रमा उल्लेख गरिएको छ।
  
 

प्रतिक्रिया