काठमाडौं, असार १ : नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालत, काठमाडौंले पूर्वमन्त्री बालकृष्ण खाण, टोपबहादुर रायमाझीका साथै सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ।
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले लक्ष्मी महर्जन र टंक कुमार गुरुङलाई भने धरौटीमा छाड्ने आदेश दिएको छ। इजलासले मर्हजनलाई पाँच लाख र गुरुङलाई दश लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जनाइएको छ।
थुनछेक वहश सकिएपछि इजलासले उक्त आदेश दिएको हो । सरकारी वकीलले जवाफी वहशमा प्रमाण नष्ट हुन सक्ने भएकाले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग राखेका थिए।
उनीहरूलाई थुनामा राख्न कारागार चलान गरिनेछ।
प्रतिक्रिया