ताप्लेजुङको सिरिजंघा गाउँ पालिका स्थत याम्फुदिन गाउँमा गए राति बाट आएकाे मुसलधारे बर्षा ले १३ घर जाेखिममा परेका छन् ।रातभर गाउँ नै आतंकित बनेकाे छ ।
बर्षा का कारण स्थानीय कावेलि खाेलाकाे वहाव ह्वात्तै बढ्न गई आसपास का बस्ती कटानमा तिब्रता बढाईरहेकाे छ ।
कावेलि खाेला संग रहेका आसपासका साना खाेला खाेल्सिले पनि गाउवस्ति कटान बढाई रहेकाे स्थानिय अविरमान राईले बताएका छन्। राईका अनुसार थुम्मिन टाेलका १० घर परिवार र तुम्याटाेलका ३ घर परिवार उच्व जाेखिममा रहेका छन् । न
जिकै रहेकाे १०० घरधुुरिले बाल्ने गरेकाे विघुत गृह नै पूर्णरूपमा क्षति पुर्याउँदा गए रात बाटै गाउँमा अन्धकार भएकाे छ ।
विधुतका पाेल र तार यत्रतत्र ढलेकाे अवस्थामा देखिएकाे छ । राईले भने हामी त मरछाै बाच्छाै थाहा छैन अब केही समय सम्पर्क नहुन पनि सक्छ किनकि माेवाइल चार्ज गर्ने बत्ती रात मै बाढीले बगाएको छ । बाढीले सदरमुकाम र पांचथर ईलाम झापा तर्फ आवतजावत गर्ने कुनै सवारि साधन पनि चलेका छैनन् । बाढिले तावाखाेला माेटरेवल पुलकाे ग्याविङ बगाएको बताउदै स्थानीय अविरमान राइले गाउका सबै मानिसहरु रात भर त्रसित छन् सबै जागा छन् । बालि नालि र पशु चाैपाया कति क्षति भयाे काहीँ पुग्न नसकेको बताए ।
प्रतिक्रिया