ललितपुरका गाउँमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ललितपुरको मचाकाटोलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। केएमसीले बुधबार लाइफलाइन होम केयरसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

KMC 1ललितपुर महानगरपालिका वडा नम्बर २० स्थित सगरमाथा स्कुलमा आयोजित स्वास्थ्य शिविरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मुख्य अतिथिका रुपमा सहभागी थिए। मन्त्री बस्नेतले केएमसीले गाउँगाउँ गएर आम सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेर सामाजिक उत्तरदायित्व निर्वाह गरेको भनेरप्रशंसा गरे। 

त्यस्तै, स्वास्थ्य शिविरमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनल स्वास्थ्य उपचारमा नगरबासीको सहजताका लागि महानगरले स्वास्थ्य संस्थाहरूसँग सहकार्य गरेर अगाडी बढ्ने बताए।

शिविरमा ५९३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरमा आएका मध्ये ४२ जनाको इसिजी, ८७ जनाको ल्याब परीक्षण, १०५ जनाको भिडियो एक्सरे गरिएको केएमसीका महाप्रवन्धक नारायण दाहालले बताए। तीमध्ये २९ दाँतको उपचार गरिएको थियो।

KMC 2केएमसीले विगत ३ वर्षदेखि नियमित रुपमा गाउँशहर सबैतिर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब विपन्न वर्गका नागरिकले यसबाट लाभ लिईरहेका दाहालले बताए।

KMC 111प्रतिनिधि सभा सदस्य तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष डा। सुनिलकुमार शर्माले केएमसीको सेवालाई गाउँगाउँ पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरको सुरुवात गरेका अुन्। सांसद शर्माले उपत्यका मात्र होइन दुर्गमा कर्णाली र अरु जिल्लाहरुमा पनि यस्तो शिविर सञ्चालन गरेर स्वास्थ्य सेवा स्थानीय तहमै स्वास्थ्य सेवा उपलव्ध गराईरहेका छन्।

प्रतिक्रिया