प्रधानन्यायाधीशमा सिफारिस गरिएका कार्कीसँग संसदीय सुनुवाई समितिले २९ उजुरीको जवाफ माग्ने

काठमाडौं। सर्बोच्च अदालतमा प्रधानन्यायाधीशको जिम्मेवारी निर्वाह गर्न हाल कार्यबाहकको हैसियतमा रहेका हरिकृष्ण कार्कीसँग आज संसदीय सुनुवाई समितिले प्रश्नोत्तर गर्ने भएको छ। कार्की विरुध्द माग गरिएका उजुरीलाई आधार मानेर समितिले उनीसँग प्रश्न गर्ने छ। प्रधानन्यायाधीशमा सिफारिस गरिएका कार्कीसँग अहिले बिहान सुनुवाई हुने छ।

कार्की विरुद्ध २९ वटा उजुरी परेका छन्। ती उजुरीहरुमा बुधबार समितिले उजुरीकर्तासँग छलफल गरेको थियो।

केही महिना देखि सर्वोच्च अदालतको कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा नियुक्ति गर्न सिफारिस गरेको थियो।

प्रतिक्रिया