नक्कली भुटानी शरणार्थी प्रकरण

भुटानी शरणार्थी प्रकरणमा फरार टोपबहादुर रायमाझी पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई आइतबार साँझ प्रहरीले काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको बताइएको छ ।

जिल्ला अदालत काठमाडौंले २० वैशाखमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी काठमाण्डौ आउने क्रममा फरार भएका थिए भने उनका छोरा सन्दीपलाई प्रहरीले २० वैशाखमा नै पक्राउ गरेको थियो ।

प्रतिक्रिया