प्रधानमन्त्री र दुइ पूर्व प्रधानमन्त्रीवीच छलफल

काठमाडौं। तीन ठूला दलका शीर्ष नेताबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शरेबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।
 
भेटमा संवैधानिक परिषद्सम्बन्धी विधेयक तथा सङ्क्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकका सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनाकारी दिए।

“शीर्ष नेताहरु हिजो पनि छलफलमा हुनुहुन्थ्यो, आज सोही छलफलको निरन्तरता हो”, उनले भने।

प्रतिक्रिया