नक्कली भुटानी शरणार्थी प्रकरण

टोपबहादुरलाई निलम्बन गर्दै अनुसन्धानमा सघाउन एमालेको निर्देशन

काठमाडौं। नेकपा एमालेले पार्टीका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गर्दै अनुसन्धानमा सघाउन निर्देशन दिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई पक्राउ पूर्जी जारी गरेर प्रहरीले खोजीरहेको छ।

राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।

यसैबीच रायमाझीले प्रहरीले समक्ष आत्मसमर्पण गर्ने तयारी गरेको थाहा भएको छ। पक्राउ पूर्जी जारी भएपछि फरार रहेका रायमाझीले आत्मसमर्पणको तयारी गरेको प्रहरी सूत्रले बताएको छ।

रायमाझीका छोरा सन्दिप रायमाझी यसअघि नै पक्राउ परिसकेका छन्। प्रहरीले आजै  पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाइ पक्राउ गरेको छ। यस प्रकरणमा अहिले सम्म १२ जना पक्राउ परिसकेका छन्।


UML

प्रतिक्रिया