नक्कली भुटानी शरणार्थी प्रकरण

पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ परेका छन् । स्रोतका अनुसार नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पूर्वमन्त्री रायमाझी र उनका छोरा सन्दीपलाई बुधबार नै प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको थियो । प्रहरीको अनुसन्धानमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको पुष्टि बताइएको छ । गिरोहका एक सदस्यले सन्दीप रायमाझीका  नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरिदकेको छ ।

प्रतिक्रिया