नक्कली भुटानी शरणार्थी प्रकरण

रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पक्राउ पुर्जी जारी

पूर्वगृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पनि नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ। बुधबार जिल्ला अदालत काठमाडौंले थापाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। 

यसअघि  नेकपा (एमाले) का सचिव तथा पूर्वउपप्रधानमन्त्री सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरूद्ध पनि आजै पक्राउ पुर्जी जारीभैसकेको छ। 

यस्तै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। उनी आफैं परिसरमा उपस्थित भएपछि प्रहरीले पक्राउ गरेको हो। २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव हुँदा संलग्नता देखिएको भन्दै उनलाई पक्राउ गरिएको हो। 

प्रहरीले  मंगलबार पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्‍द्रजित राईलाई पक्राउ गरेको थियो। यस घटनामा उनका छोरा निरज राईविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर उनी पक्राउ परिसकेका छैनन्।  

प्रतिक्रिया