नक्कली भुटानी शरणार्थी प्रकरण

टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी

एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। सन्दीपले एक करोडको चेक लिएको पाएपछि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे काठमाडौं प्रहरी परिसर पुगिसकेका छन्। भुटानी शरणार्थीका नाममा नक्कली व्यक्तिलाई अमेरिका पठाउने धन्दामा संलग्नता देखिएपछि बहालवाला सचिव पाण्डेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले पक्राउ गर्न अनुमति दिएको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ चैत १२ गते नै पक्राउ परेका थिए।

 


 

प्रतिक्रिया