प्रधानमन्त्रीको दम्भले सरकार ढल्ने गठबन्धन नेताको चेतावनी

काठमाडौं। गठबन्धन दलका एक नेताले प्रधानमन्त्री पुष्पकमल दाहालको दम्भका कारण वर्तमान सरकारको भविष्य संकटमा पर्दैगएको बताएका छन। 

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कर्णाली प्रदेशमा आफ्नो पार्टीलाई उपेक्षा गरिएको सन्दर्भमा यस्तो कुरा बताएका हुन्। उनले सत्ता गठबन्धनले कर्णाली प्रदेशमा सरकार बनाउँदा आफ्नो पार्टीलाई बेवास्ता गरेको आरोप लगाएका छन्।

बुधबार बिहान प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा संवाददाताहरुसँग बोल्दै अध्यक्ष नेपालले गठबन्धन टिकाउने हो भने सबैलाई सम्मानजनक व्यवहार हुनुपर्ने बताए।

प्रधानमन्त्री प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्ने नेपालले चेतावनी दिए।

नेपालले भने, ‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ। सरकारमा एकलौटी गर्न खोजिएको छ । यो राम्रो होइन। गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ ‌। यसले गठबन्धन धरापमा पार्न सक्छ।’

 

प्रतिक्रिया