युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन, अब भारत र पाकिस्तानसंग खेल्ने

काठमान्डौ: युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको छ। आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्नेछ। नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य पूरा गर्‍यो।

नेपालको जितमा गुल्सन झाले अर्धशतक प्रहार गरे। उनले नटआउट ६७ रन जोड्दा भीम सार्कीले नटआउट ३६ रन जोडे। दुईबीच चौथो विकेटका लागि ९६ रनको साझेदारी भयो। गुल्सनले ८४ बलमा ३ चौका र ६ छक्का तथा भीमले ७२ बलमा ४ चौका हिर्काए।

त्यसअघि नेपालका दुवै ओपनरसहित कप्तान रोहित पौडेल आउट भए।कप्तान रोहितलाई १ रनमा रोहान मुस्ताफाले शून्यमा बोल्ड गरे भने विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलाई ८ रनमा युएईका आयान खानले एलबिडब्लू आउट गरे। ओपनर कुशल भुर्तेललाई १.२ ओभरमा युएईका मुस्ताफाले १ रनमा एलबिडब्लूकै धरापमा पारे।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिदा मंगलबारसम्मका लागि स्थगित भएको थियो।

 

प्रतिक्रिया