शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन


पाटन, २ वैशाख: शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको आज बिहान उपचारको क्रममा निधन भएको छ ।

    सय वर्ष पुग्नुभएकी राधादेवीको शनिबार बिहान ललितपुरको किस्ट अस्पतालमा निधन भएको जोशीका भतिजा अजरमानले जानकारी दिनुभयो । जोशीको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो । यसअघि असोज ३० गते शताब्दी पुरूष सत्यमोहन जोशीको पनि किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । (रासस)

satya mohan and radha joshi

प्रतिक्रिया