धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ तसर्पू दामेचौरमा रहेको प्रेम सागर फाउन्डेशन नेपालद्धारा सञ्चालीत जनभोजन कार्यक्रमले आफ्रनो १४औं वार्षिकत्सव मनाएको छ ।
यो जनभोजन कार्यक्रमको वि.स. २०६५ साल चैत्र १४ गते आरम्भ भएको हो। स्थापना कालबाट दैनिक ५ सय जना भन्दा बढी विद्यार्थी तथा बृद्ध वृद्धाहरुलाई निशुल्क भोजन उपलब्ध गराउंदै आएको जनभोजन कार्यक्रमले केही वर्ष अघि धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ४,५ र मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ र १२ का ९ वटा विद्यालयमा दैनिक २ हजार भन्दा बढी विद्यार्थीहरुलाई दिवा खाजा खुवाउँदै आएको जनभोजन कार्यक्रमका व्यवस्थापक भोला राउतले बताए ।
संस्थाका उपाध्यक्ष प्रेमराज ढुङगेलका अनुसार जनभोजन कार्यक्रममा वार्षिक रु। १ करोड १८ लाख भन्दा बढी लगानी हुँदै आएको छ। उहाँका अनुसार, विभिन्न सहयोगी दाता लगायत अन्य स्थानीय संस्थाहरुको सहयोगले रु।७९ लाख रकम जम्मा भएको छ। जनभोजन कार्यक्रमका निम्ति हाल दैनिक ४० हजार खर्च हुने गरेको संस्थाको भनाई छ ।
कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले जनभोजन कार्यक्रमको प्रशंसा गर्दै नगरले पनि जनभोजन कार्यक्रमलाई केही सहयोग गर्ने बताउनु भएको छ । उहाँले अन्य संस्थाहरुलाई समेत प्रेम सागर फाउन्डेसनसंग सहकार्य गरेर अगाडी बढ्न आग्रह गर्नुभयो।
थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्यले जनभोजन कार्यक्रमले विद्यालय र विद्यार्थीमा आएको परिवर्तनको सराहना गर्दै विगतका वर्षहरुमा पालिकाबाट दिदै आएको आर्थिक सहयोगलाई थप बृद्दि गर्ने आश्वासन दिनुभएको छ ।
यो जनभोजन कार्यक्रमले बिद्धालय जाने उमेरका बालबालिका र असहाय तथा बिपन्न पाका नागरिकहरुलाई स्थानीय स्वादको पौष्टिक र शुद्द भोजन उपलब्ध गराउंदै आएको छ। भोजनका साथै बालबालिकाहरुलाई व्यक्तिगत सरसफाई, खाना खानु अघि र पछि हात र मुख धुनुको महत्व आदि का बारेमा पनि व्यवहारिक ज्ञान दिंदै आएको छ।
प्रतिक्रिया