दृश्यटिभी प्रतिनिधि सन्तोषलाई चेम्बरको सम्मान

विर्तामोड। सञ्चारकर्मी सन्तोष अग्रवाललाई नेपालकै पुरानो व्यावसायिक संगठन नेपाल चेम्बर अफ कमर्सले सम्मान गरेको छ। दृश्य टिभीका प्रतिनिधि सन्तोषलाई चेम्बरको साधारण सभामा प्रधानमन्त्री पुष्पकमल दाहालले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

सन्तोष चेम्बर अफ कमर्श झापाका संस्थापक अध्यक्ष पनि हुन्। व्यापार व्यवसायमा समेत संलग्न सन्तोषलाई चेम्बर अफ कमर्सको ७२ औं साधारणसभाको अवसरमा चेम्बर अफ कमर्स कोशी प्रदेशका उपाध्यक्षका हैसियतमा पनि कदर गरिएको हो।

देशकै जेठो व्यावसायिक संस्था चेम्बर अफ कमर्सको विस्तार र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै चेम्बरले सन्तोषलाई करदरपत्रले सम्मान गरेको हो।

झापामा चेम्बरको शाखा स्थापना र प्रवध्र्दनमा सन्तोषको उल्लेख्य भूमिका रहेको स्थानीय व्यवसायी बताउँछन्। सन्तोष चेम्बर अफ कमर्स झापाको संस्थापक अध्यक्ष हुन्। रोटरी, रेडक्रस, लायन्सजस्ता सामाजिक संघ–संस्थामा उत्तिकै उनको योगदान रहेको छ। सन्तोष सञ्चार उद्यमी पनि हुन्। विर्तामोडबाट सञ्चालन भएको न्यू मेची टाइम्स दैनिकका संस्थापक सन्तोष दृश्यटिभी न्यूजपोर्टलमा संलग्न छन्।

झापाको पत्रकारितामा युवा अवस्थादेखि नै सक्रिय रहेका सन्तोष व्यवसाय र सामाजीक क्रियाकलापमा पनि उत्तिकै सरिक छन्। 
 

प्रतिक्रिया