समाचार टिप्पणी

राधिकासँग सेल्फी खिच्दै ‘मिसन ग्रासरुट’मा ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संगठनको तल्लो इकाईले प्रभावकारी भूमिका निर्वाह नगरेकामा असन्तोष प्रकट गर्दै आलोचना गरेका छन्। ‘मिसन ग्रासरुट’ को उदेश्य अथ्र्याउँदै देश दौडाहामा रहेका ओलीले आफ्नो पार्टीले अघि सारेका कार्यक्रमको उचित प्रचार नभएकाले जनताले त्यसको अर्थ बुझ्न नपाएको भनेर स्थानीय कमिटीको अक्षमता भन्दै बन्द शिविरमा नेता कार्यकर्ताको झाँको झारिरहेका छन्। अध्यक्ष ओलीले बुधबार रुपन्देहीको सभामा स्पष्टसँग ‘शक्तिशाली पार्टी कमिटी निष्क्रिय बस्यो, आफ्ना जिम्मेवारी पूरा गर्न सकेन’ भनेर असन्तोष प्रकट गरेका हुन्। 

पश्चिम पहाडी जिल्लातिर पत्नी राधिकासँग सेल्फी खिच्दै, सारंगी रेट्दै र मादल बजाउँदै ओलीले निर्वाचनमा भोगेको पराजय बिर्सने प्रयाश गरिरहेको चर्चा हुने गरेको छ। उनले यही अभियानमा भने, “हामीले असल अभ्यासको थालनी गर्यौं, ३० वर्षमा हुन नसकेका काम नौ महिनामै गर्यौँ, तर हामीले जनतालाई बुझाउन सकेनौँ।” ओलीले भने, “यति धेरै शक्तिशाली पार्टी कमिटी निष्क्रिय बस्यो, आफ्ना जिम्मेवारी पूरा गरेनौँ, अब त्यसरी चल्दैन, अब धार लगाऔँ, विकास र

KP-Oli in Hillसमृद्धिको बाहक बनौँ अहिलेको मिसन पूरा गरौँ।”

अध्यक्ष ओलीले देशको समृद्धि र विकासका लागि ‘परिपूर्ण लोकतन्त्र’ को नयाँ भाष्य पनि प्रस्तुत गरेका छन्। लोकतन्त्रप्रति प्रतिबद्ध, शान्ति, स्थिरता र स्थायित्वमा विश्वास नगर्ने शक्तिबाट देश विकास हुन नसक्ने उनको भनाई थियो। स्पष्ट दृष्टिकोण भएको, देश बनाउने दृष्टिकोणसहितको सङ्कल्प बोकेको पार्टीले  बहुमत पाउँदा मात्र देशमा स्थिरता, स्थायित्व र विकास सम्भव हुने तर्क गरे। तर स्मरणीय के छ भने, ओलीले नेतृत्व गरिरहेका एमाले पार्टीले झण्डै दुइतिहाई नजिकको बहुमत सहितको सरकार चलाउन नसक्दा प्रतिनिधिसभाको विघठनको असफल प्रयाश गरेका थिए। गएको प्रतिनिधिसभा निर्वाचनमा मतदाताले एमालेलाई दोस्रो स्थान दिएका छन्। 

Sarangi oli

तैपनि ओलीले यसो भन्न भ्याए, “देश बनाउने कुनै दृष्टिकोण र सङ्कल्प नभएको शक्तिले देशमा बहुमत ल्याएमा देशमा स्थिरता र स्थायित्व ल्याउन सक्दैन, त्यसले जनतामा जनतामा तीव्र निराशा, असन्तुष्टि बढाउने, विकास निर्माणका काम अवरोध हुन्छ, शान्ति सुव्यवस्था कायम हुन सक्दैन।”  

स्थानीय तहका पार्टी नेतालाई निर्देशन दिँदै ओलीले भने, ‘मिसन ग्रासरुट’ को मिसन अर्को चुनावसम्म वडा तहसम्म एमालेको पक्षमा ५१ प्रतिशत मत पु¥याई एकल बहुमत ल्याउने छ। उनले भने, “अब आउने चुनावमा वडादेखि सङ्घसम्म एमालेको पक्षमा ५१ प्रतिशत मत अर्थात् बहुमत आउने गरी एकताबद्ध भएर लाग्नुपर्छ,“अब एमालेमा गुटबन्दी र गैरएमाले गतिविधि स्वीकार्य हुँदैन।”

बहुमतको सरकार सञ्चालन गर्न नसकेका ओलीले आफ्नै पार्टीका वरिष्ठ पूर्व नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई एमालेमा अट्न नदिएको आरोप उनीमाथि छ। सबैजसो कम्युनिस्ट पार्टीहरु मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी पनि लामो समय टिक्न नसकी माओवादी चाँडै अलग हुनमा ओलीमाथि नै दोषारोप गर्ने गरिएको छ।

गएको प्रतिनिधिसभामा एमाले दोस्रो स्थानमा रहेपछि ओलीले आफैंसँग छुट्टिएर नेपाली कांग्रेससँग मिलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बन्न सघाएपछि राजनीति आफ्नो नियन्त्रणमा आएको जसरी क्रियाशीलता बढाएका थिए। तर छोटो समयान्तरमै माओवादी अध्यक्ष दाहालले नेपाली कांग्रेससँग हातेमालो गर्दै ओलीलाई हिस्स पारिदिएका थिए। अहिले ओली यिनै राजनीतिक असफलता ढाकछोप गर्न ‘मिसन ग्रासरुट’ अभियानको अगुवाई गर्दै देश दौडाहामा निस्किएका भनेर उनको आलोचना भैरहेको छ। (तस्बिरहरु सामाजीक सञ्जालबाट साभार)
 


 
 

 
 

प्रतिक्रिया