गजल

यसरी पनि सक्कियो जिन्दगी जिन्दगीभर 
हो नदी सोचियो जिन्दगी जिन्दगीभर 

बागमा फूलको के कमी थ्यो र साथी 
एकमै अल्झियो जिन्दगी, जिन्दगीभर 

सोचेझैँ हुन्न केही कुरा सोचेकै हो 
सोचेझैँ भैदियो जिन्दगी जिन्दगीभर

हात तिम्रो, मेरो हातमा हुन्थ्यो पहिले 
हातमानै थियो जिन्दगी जिन्दगीभर 

जिन्दगी भन्नुनै काल पर्खाइ हो कि ?
कालले पर्खियो जिन्दगी जिन्दगीभर 

बिम्बित

प्रतिक्रिया