दोलखामा निसास्सिएर एकै परिवारका ३ जनाको मृत्यु

 

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका २ झुलेमा ६ दिने शिशुसहित एकै परिवारका ३ जनाको निसास्सिएर मृत्यु भएको छ । 

छ दिने सुत्केरीका लागि आगो बालेर कोठामा सुतेका २७ वर्षीय श्याम तामाङ, उनकी पत्नी करिब २५ वर्षीया अम्बिका तामाङ र उनीहरुको ६ दिने शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । प्रारम्भिक जानकारी अनुसार निसास्सिएर मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दोखलाबाट प्रहरी निरीक्षक अञ्जन कोइरालाको टोली घटनजास्थलतर्फ जाँदै गरेको र टोली पुगेपछि घटनाको यथार्थ विवरण आउने प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताए ।  
 

प्रतिक्रिया