केजरीवालको कमाल, दिल्लीमा पेट्रोलको मूल्य घटाए


दिल्ली । भारतको दिल्ली सरकारले पेट्रोलमा प्रतिलिटर ८ भारतीय रुपैयाँ घटाएको छ । 

मुख्यमन्त्री अरविन्द केजरीवालले पेट्रोलमा लाग्ने भ्याट ३० प्रशितबाट घटाएर १९ दशमलव ४० प्रतिशत कायम गरेका छन् । यसबाट दिल्लीमा पेट्रोलको भाउ १०० भारुभन्दा कम भएको छ । 

यसअघि पेट्रोलको मूल्य १०४ भारु थियो । मुख्यमन्त्री केजरीवालको अध्यक्षतामा बसेको क्याबिनेट वैठकले यो निर्णय गरेको हो । 

यसअघि केन्द्र सरकारले ४ नोभेम्बरमा दुबै इन्धनमा सेन्ट्रलर एक्सरसाइज डयूटीमा कटौतीको घोषणा गरेको थियो ।

केन्द्र सरकारले पेट्रोलमा ५ भारु प्रति लिटर र डिजलमा १० भारु घटाएको थियो । यो फैसलापछि दिल्लीमा इन्डीयन आयलको पम्पमा पेट्रोल प्रतिलिटर ६ रुपैयाँले घटेको थियो । यसैगरी डिजलको मूलय पनि ११ रुपैयाँ ७५ पैसाले घटेको थियो । 

प्रतिक्रिया