पेरुमा भेटियो १२ सय वर्ष पुरानो रहष्यमय ममी


काठमाडौं । ल्याटीन अमेरीकी देश पेरुमा भूमिगत चिहानबाट १२ सय वर्ष पुरानो रहष्यमय ममी फेला परेको छ । 

यो ममीको पुरै शरीर डोरीले बाँधिएको छ । हात र अनुहार ढाकिएको यो ममी पुरुष या महिला कसको हो, त्यो अझै खुलासा भएको छैन । 

यसलाई काजामारकिला पुरातात्विक स्थलबाट उत्खननका क्रममा निकालीएको हो । यो पुरातात्विक स्थल राजधानी लीमाभन्दा केही किलोमिटर मात्र पर छ  । 

सोधकर्ताहरुको टोलीले बताए अनुसार यो ममी १२ सयदेखि ८ सय वर्ष पुरानो हुनसक्छ । यो इन्का सभ्यतापहिलेको हो । यो सभ्यता पेरुको तट र पहाडमा विकसीत भएको थियो । 

काजामारकिला पुरातात्विक स्थलमा उत्खननको नेतृत्व क्यालिफोर्निया स्टेट युनिभर्सीटी, सान मार्कोसका पुरातत्वीद पिटर वान डालेन लूनाले गरिरहेका छन् । यो ममीको मुख्य विशेषता नै के हो भने यसको पुरै शरीर डोरीले बाँधिएको छ र मुखलाई हातले ढाकिएको छ ।

पिटर वानका अनुसार ममीमा शरीरलाई डोरीले बाँध्नुको अर्थ अन्तीम संस्कारको स्थानिय तौरतरिका हुनसक्छ । 

‘यो ममी बनाइएको व्यक्ति इन्का सभ्यता उदयदेखि ६ सयदेखि २ सय वर्षपहिले अन्दियान क्षेत्रमा रहन्थ्यो होला, जुन अहिलेको आधुनिक पेरु हो’, पिटरले भनेका छन्, ‘रेडियो कार्बन डेटीङले अझ बडी र सही जानकारी दिनसक्छ ।’

maharashtra-times

भुमिगत चिहानको भित्र अम्तिम संस्कारसँग जोडिएका अन्य चिज पनि फेला परेका छन् । पुरातत्ववीदहरुका अनुसार पत्थरका औजार, सेरामिक भाँडा पनि भेटिएका छन्, जसभित्र सागसब्जीहरुको अवेशेष देखिएका छन् । 

सोधकर्ता टोलीका अनुसार यो क्षेत्रमा धेरै जातीहरु बस्दै आएको हुनसक्छ । पेरुमा हजारौंको संख्यामा पुरातात्विक स्थल छन्, जुन इन्का सभ्यताभन्दा पहिले र पछि विकसीत भए । 

दक्षिण अमेरिकामा कुनै समय इन्का सभ्यताका मानिस सबैभन्दा धेरै थिए । उनीहरु इक्वाडोर, कोलम्बिया, मध्य चीली र पेरुमा पाइन्थे । स्पेनका आक्रमणकारीहरुको हमलापछि इन्का सभ्यता पतन भयो । 


 

प्रतिक्रिया