सभापति देउवाले व्यक्तिकेन्द्रित निर्णय गर्ने भन्दै एकाधिकार दिएकामा विरोध

काठमाडौं। नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा सभापति शेरबहादुर देउवालाई समानुपातिक सांसदहरु टुंगो लगाउने अधिकार दिने निर्णयको विरोध भएको छ। 

नेता अर्जुननरसिंह केसीले पार्टी सभापतिलाई मात्रै सांसद चयन गर्ने जिम्मा दिनु नहुने भनेर विरोध गरेका छन्।

शनिवार केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले पार्टी सभापति देउवालाई समानुपातिक सांसदहरुको टुंगो लगाउने अधिकार दिएकोमा असमति जनाउँदै नवनिर्वाचित सांसद केसीले आज  केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा विरोध जनाएका हुन्।

केसीले पार्टी सभापतिलाई यस्तो विषय दिँदा जस, अपजस आउने भन्दै केन्द्रिय कार्यसमिति वा सम्पूर्ण पदाधिकारीको सामूहिक प्रयासबाट सांसदको टुंगो लाग्नुपर्ने माग गरे। उनले पदाधिकारीहरुको छलफलबाट नै समानुपातिक सांसदहरु चयन हुनुपर्ने र पदाधिकारीहरुको सामुहिक निर्णय हुनुपर्ने बताए। उनले सभापतिबाट हुने निर्णय व्यक्तिकेन्द्रित हुने भन्दै पदाधिकारीहरुको छलफलबाट नै समानुपातिक उम्मेदवारको टुंगो लाग्नुपर्ने माग गरे।

प्रतिक्रिया