समानुपातिकमा चुनिनेको विवरण भोलि सोमबार सार्वजनिक हुने, राष्ट्रपतिलाई बुझाईने

काठमाडौं। समानुपातिक तर्फका सांसदहरु कुन दलबाट को को निर्वाचित भए भन्ने विवरण भोलि सोमबार मात्र औपचारिक जानकारीमा आउने भएको छ।

निर्वाचन आयोगले भोलि मंसिर २६ गते समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा गर्ने जानकारी दिएको छ।

दलहरुले शनिवार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन्। यही मंसीर चारमा सम्पन्न निर्वाचनमा संघीय संसदमा एमालेले ३४ सिट, नेपाली काँग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५र५ सिट समानुपातिकतर्फ सिट संख्या जितेका छन्।

निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरु पनि निर्वाचित भएको एक हप्ता भित्र निर्वाचन सम्बन्धि सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने छ। समानुपातिकतर्फको पनि सांसदहरु निर्वाचित भएको घोषणा भएको मितिले ७ दिन भित्र राष्ट्रपति समक्ष निर्वाचन सम्बन्धि प्रतिवेदन बुझाईसक्नुपर्ने कानूनी व्यवस्था भएकाले सोही अनुसार हुने आयोगले जनाएको छ।

प्रतिक्रिया